काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न अपिल गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले एक भिडियो सन्देशमार्फत नेपाली समाजको मुख्य पहिचान नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
कार्कीले विशेषगरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिहरू देखिएको भन्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लङ्घन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको निष्कर्ष छ।
भिडियो सन्देशमा कार्कीले भनेका छन्, ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ ।’ उनले यो संवेदनशील समयमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको बाटो अपनाउन सबैमा आग्रह गरेका छन् । अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको सन्देशमा उल्लेख छ ।
नेपाल प्रहरीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सम्मान र सहिष्णुताका साथ एक(अर्काको संस्कृति र आस्थाको सम्मान गर्न अपिल गरेको छ। साथै, राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउँदै सामाजिक शान्ति कायम राख्ने कार्यमा सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अनुरोध गरेको छ ।
काठमाडौँ। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ...
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय...
काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यहि साउन दश गते भएको घटना भएको मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति...
काठमाडौं । राजविराज क्षेत्रमा सप्तरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको...
सुनसरी । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा भएको पछिल्लो द्वन्द्व र झडपको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । सुनसरीमा पुगेका उनले घाइते र मृतक परिवारलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend