काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न अपिल गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले एक भिडियो सन्देशमार्फत नेपाली समाजको मुख्य पहिचान नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
कार्कीले विशेषगरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिहरू देखिएको भन्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनको उल्लङ्घन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको निष्कर्ष छ।
भिडियो सन्देशमा कार्कीले भनेका छन्, ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ ।’ उनले यो संवेदनशील समयमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको बाटो अपनाउन सबैमा आग्रह गरेका छन् । अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको सन्देशमा उल्लेख छ ।
नेपाल प्रहरीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सम्मान र सहिष्णुताका साथ एक(अर्काको संस्कृति र आस्थाको सम्मान गर्न अपिल गरेको छ। साथै, राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउँदै सामाजिक शान्ति कायम राख्ने कार्यमा सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अनुरोध गरेको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend