धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।
गम्भीर अवस्थाकी चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो तर आफन्तले उनलाई काठमाडौँ लिएका थिए ।
उनको सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै मृत्यु भएको बिष्टले बताए । उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश...
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको...
काठमाडौं । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, प्रचार प्रसार गर्ने नेपाल सरकारको आधिकारिक संस्था नै दक्षिण कोरिया सरकारको कालोसूचीमा परेको छ । नेपाल पर्यटन बोर्डका तत्कालीन...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend