Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीलाई भुसालको पत्र: तपाईं अवश्य दण्डित हुनु हुनेछ


    मंगलबार, चैत्र १७ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले बैचारिक नेता नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् ।

    उनले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि गर्दै प्रश्न गर्दै ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह समेत गरेका छन् ।

    स्पष्टीकरणमा भनिएको छ, अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’। पार्टीलाई अगाडि बढ्न दिन आग्रह गर्दछु ।

    उनले लेखेका छन् पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यही अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो क्रान्ति त अघि बढ्छ, बढ्छ तर तपाईँ आज, भोलि वा पर्सि अवश्य दण्डित हुनु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार