Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ


    बिहिबार, साउन ७ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

    साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ ।

    वेदिकाले केही दिनयता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोपहरू लगाउँदै आएकी छन् । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार