Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी प्रमुख अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ


    बिहिबार, साउन ७ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। व्यवसायी दिपक भट्टविरुद्धको मुद्दामा मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाले नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वकार्यकारी प्रमुख अधिकृत हुन्।

    व्यवसायी दिपक भट्टविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलिरहेको छ। त्यही मुद्दाका क्रममा रिमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोले जनाएको छ।

    बिहीबार नै ब्युरोले रिमाललाई जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थपको प्रक्रिया चलिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार