Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री निवास पुगेका निहारिका र बिनु पक्राउ


    बिहिबार, साउन ७ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिलालाई नियन्त्रणमा लिएको छ।

    विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।

    घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका र बिनुले केही दिनदेखि आन्दोलन गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार