Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिरहाबाट ६६३ केजी गजसहित तीन जना पक्राउ 


    बिहिबार, साउन ७ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।

    विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा एक पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको ६६३ केजी गाँजा जस्तो देखिने पदार्थ प्रहरीले फेला पारेको हो।

    साथै सोही गाडीबाट करिब ९,९२० केजी नास्पाती समेत नियन्त्रणमा लिइएको छ।

    घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका-३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान(३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार