काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका-३ का वडाध्यक्ष सञ्जय पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले मंगलबार वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले गाउँपालिकाको कार्यालयभित्र कर्मचारीमाथि भएको कुटपिट घटनासम्बन्धी अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी गरिएको छ।
गत असार २३ गते कालिकामाई गाउँपालिकाको कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो।
उक्त घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोध जनाउँदै आएका थिए।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत जारी रहेको जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend