काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित एक जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा(२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ का ३५ वर्षीय अबिरल मास्के रहेको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकामध्ये भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।
विद्यार्थीहरूले आरोपित व्यक्तिहरूविरुद्ध विरोध कार्यक्रम गर्ने तयारी गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा सफल बनाइदिने प्रलोभन दिने तथा मर्यादा विपरीत व्यवहार गरेको सूचनाका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिएको हो ।
घटनामा यौनजन्य दुर्व्यवहारको सम्भावनासमेतलाई ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । डीएसपी मिश्रले घटनासम्बन्धी थप तथ्य संकलन गर्ने काम भइरहेको जानकारी दिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend