Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाग्लुङ घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग


    सोमबार, चैत्र १६ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बलेवा । नेपाली कांग्रेसले बागलुङमा आफ्ना कार्यकर्ताको हत्या गरेकोमा दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ।

    प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै बागलुङमा अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

    घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो। कुँवर कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन्।

    ‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ। 

    घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको कांग्रेसले जनाएको छ।

    घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारवाही गर्न कांग्रेसको माग छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार