डोल्पा । डोल्पामा स्रोत नखुलेको स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँ नगद सहित दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडक खण्डमा गरिएको संयुक्त सुरक्षा चेकिङका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म हे.क्वा. डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १० जनाको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।
प्रहरीका अनुसार दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा–७ छल बस्ने वर्ष ३२ को बिष्णुलाल रोकाय र उक्त मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४२ को भक्ती चन्द्र रोकायको साथबाट उक्त रकम बरामद भएको हो।
बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले दुवै जनालाई मोटरसाइकल र नगद सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि कानुन बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विनय कुमार सिंहले जानकारी दिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend