काठमाडौँ। विशेष अदालत काठमाडौँले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र एफ.५ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दलाई घुस–रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतको इजलास नं.१ ले नेपाल सरकार वादी रहेको मुद्दामा आरोप पत्र, मिसिलमा संलग्न प्रमाण तथा दुवै पक्षका कानुनी बहस सुनेपछि पौडेल र आनन्दले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको ठहर गरेको हो।
अदालतको आदेशअनुसार पौडेल एनआईटीसीको कार्यकारी निर्देशक पदमा रहँदा साइबर सुरक्षा एप्लिकेसन तथा सञ्जाल उपकरण खरिदसम्बन्धी ठेक्का प्रक्रियाको लेखा उत्तरदायी अधिकारी थिए।
उक्त खरिद प्रक्रियामा उनले एफ-५ का नेपाल प्रतिनिधि दीपक आनन्दसँग औपचारिक प्रक्रिया बाहिर गई मूल्य, उपकरण विवरण र खरिदसम्बन्धी विषयमा विभिन्न चरणमा छलफल गरेको प्रमाणबाट देखिएको अदालतले जनाएको छ।
फरेन्सिक परीक्षणबाट प्राप्त मोबाइल डिभाइसको ब्याकअप तथा अन्य डिजिटल प्रमाणका आधारमा पौडेल र आनन्दबीच भएको संवादमा खरिद प्रक्रियासँग जोडिएको रकमसम्बन्धी सहमति भएको देखिएको अदालतको ठहर छ।
अदालतले पौडेलले परामर्श शुल्कका नाममा अमेरिकी डलर २ लाख ८० हजार प्राप्त गर्ने सहमति गरेको देखिएको भन्दै उक्त रकम तत्कालीन विनिमय दरअनुसार करिब ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बराबर हुने उल्लेख गरेको छ। सोही आधारमा पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० अनुसार घुस लिन मन्जुर गरेको कसूरमा दोषी ठहर गरिएको हो।
त्यस्तै, उक्त रकम दिन सहमति जनाएको भन्दै दीपक आनन्दलाई सोही ऐनको दफा ३(३) अनुसार घुस दिन खोजेको कसूरमा दोषी ठहर गरिएको छ।
विशेष अदालतले दुवै प्रतिवादीको सजाय निर्धारणका लागि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार सजायपूर्वको प्रतिवेदन माग गरेको छ। यसका लागि दुवै पक्षबाट प्रतिवेदन पेश गरी सुनुवाइ गर्न आगामी २०८३ साल असार ३२ गते पेशी तोकिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend