Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नक्कली शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय


    मंगलबार, असार ३० २०८३
    200
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।

    नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।

    उनलाई फरक-फरक मुद्दामा फरक फरक सजाय निर्धारण गरिएको छ । ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ ।

    राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै थप तीन महिना कैद तोकिएको छ।

    अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ । यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार