काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने बताए ।
आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो ।
यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend