Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना निको भएको दुई महिनापछि चेक गर्दा पुनः पोजेटिभ


    शनिबार, बैशाख २० २०७७
    665
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस ३४ लाखभन्दा बढी मानिसमा संक्रमण भएको पाइएको छ । अहिलेसम्म यो भाइरसका कारण विश्वभर २ लाख ३९ हजार ५९२ जनाको ज्यान गइसकेको छ ।

    कतिपय बिकसित मुलुकले कोभिड १९ अर्थात कोरोना भाइरसको औषधि पत्ता लगाएको दावी गरेपनि यसको निराकरण गर्ने औषधि ठोस रुपमा कुनै पनि मुलुकले पत्ता लगाउन सकेका छैनन् । यही क्रममा चीनका अनुसन्धानकर्ताहरुले भने कोरोना भाइरसका सम्बन्धमा नयाँ तथ्य फेला परेको दावी गरेका छन् ।

    उनीहरुले कोरोना भाइरस निको भइसकेका भनिएका व्यक्तिहरुमा पनि धेरै समयसम्म फोक्सोमा यसको भाइरस रहिरहने उनीहरुको दावी छ । अनुसन्धानका क्रममा उनीहरुले अस्पतालबाट निको भएर आएका एक बिरामीको साढे दुई महिना पछि पुनः पोजिटिभ देखिएको तथ्य बाहिर ल्याएका छन् ।

    निको भएर घर फर्किएका कोरोना भाइरस संक्रमित दक्षिण कोरिया, भियतनाम र चीनमै पनि पुनः पोजिटिभ देखिरहेको अवस्थामा अनुसन्धानकर्ताहरुले यो दावी गरेका हुन् । चिनिँया अनुसन्धानकर्ताहरुका अनुसार कोरोना फोक्सोमा लामो समयसम्म रहिरहन सक्छ । सामान्यरुपमा नमुना लिदा कोरोना भाइरस लुकेको हुनसक्ने हुनसक्छ ।

    चीनको एक आयुर्वेदिक विश्वविद्यालयका शोध प्रमुख कोरोना संक्रमित एक ७८ बर्षीया वृद्धालाई ३ पटकसम्म कोरोना भाइरस नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरेको थियो । तर केही समयपछि ती वृद्धामा फेरी कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार