काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध सरकारी अभिलेखमा गैरकानुनी हेरफेर, गलत लिखत तथा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार काठमाडौँ जिल्ला, साविक साँग्ला गाविस-९ अन्तर्गतका निजी गुठीका जग्गासम्बन्धी अभिलेखमा ‘गुठी’ सम्बन्धी विवरण हटाई सरकारी कागजात सच्याउने, केरमेट गर्ने तथा गलत विवरण समावेश गरी रैकर कायम गराइएको आरोपमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा जग्गाधनी दर्ता श्रेस्ताको विवरणमा हेरफेर गरिएको, विद्युतीय अभिलेख संशोधनमार्फत निजी गुठीको विवरण हटाइएको तथा त्यसपछि नामसारी, दर्ता र राजीनामा लिखत पारित गरी जग्गाको कारोबार गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख खनालसहित मालपोत कार्यालयका विभिन्न कर्मचारी तथा अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा कैद, जरिवाना तथा कानुनबमोजिमको सजायको माग दाबी गरिएको छ।
आयोगले सरकारी कागजातमा गैरकानुनी हेरफेर, गलत लिखत र प्रतिवेदन तयार गरी भ्रष्टाचार भएको निष्कर्षसहित शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend