Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृत्युको हल्ला गरिएका उत्तरकोरियाली नेता सार्वजनिक कार्यक्रममा देखिए


    शनिबार, बैशाख २० २०७७
    990
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २० बैशाख । पश्चिमा राष्ट्रका मिडियाले गरेको मृत्युको प्रचारलाई झुट सावित गराउँदै उत्तर कोरियाली नेता किम जोङ उन करिब २० दिनपछि सार्वजनिक भएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् सार्वजनिक भएको हो । 

    किमको मृत्यु भइसकेकोसम्मका समाचारहरु बाहिर आएको थियो । तर उत्तर कोरियाली नेता किम सार्वजनिक भएसंगै पश्चिमा मिडियाहरुको प्रचार झुट साबित भएको छ । किम मे दिवसका दिन हिजो सार्वजनिक भएका हुन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले किम तीन हप्तापछि पहिलोपटक सार्वजनिक भएको जनाएको छ । 

    उत्तर कोरियाली सरकारी संचारमाध्यमले किम मल उत्पादन कम्पनीको उदघाटनमा सहभागी भएको जनाएको छ । मे दिवस पारेर शुक्रबार उक्त कम्पनीको निर्माण सम्पन्न भई उदघाटन गरिएको उल्लेख छ । 

    सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे । केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

    यद्यपि, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने गर्न सकिँदैन किनभने यो कार्यक्रमको कुनै पनि तस्बिर सार्वजनिक भएका छैनन् । यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । बीबीसीका अनुसार लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो ।

    बुधबार यस्ता अड्कलबाजी थप बढे जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’ यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार