Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल स्काउटमा बेथिति, निर्देशक कार्कीले बनाए ककनी भेलामा जुनियरलाई प्रमुख अतिथि


    सोमबार, असार २२ २०८३
    450
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्काउटका कार्यकारी निर्देशक अर्पण कार्की अझै पनि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई प्रभावमा पार्न लागिरहेका छन् । आफूमाथिको छानबिन प्रक्रियालाई मन्त्रालयले अगाडि बढाउने संकेत पाएपछि उनले मन्त्री पोखरेललाई बिभिन्न च्यानल प्रयोग गरी भेटघाट गरिरहेका छन् ।

    अनौपचारिक रुपमा भेटघाट गरेका कार्कीले औपचारिक रुपमै कार्यक्रम राखेर मन्त्री र मन्त्रालयलाई दबाब सृजना काम गरिरहेका छन् । गतहप्ता २ दिने आवासीय कार्यक्रम ककनीमा राखेर कार्कीले आफूभन्दा पदीय मर्यादाले कनिष्ट मन्त्रालयका उपसचिव सुलोचना खनाल पराजुलीलाई प्रमुख अतिथि बनाएका थिए ।

    स्काउटको कार्यकारी निर्देशकको मर्यादाक्रम सहसचिवसरह हुन्छ । स्काउटको ककनीमा आयोजित उक्त कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईको उपस्थिति थियो ।

    मर्यादाक्रममा तल रहेका र आफूभन्दा जुनियर उपसचिव खनाललाई प्रमुख अतिथि बनाएपछि गाउँपालिकाका अध्यक्ष तामाङसमेत रुष्ट भएका थिए । सातवटै प्रदेशका प्रदेश आयुक्तहरुलाई बोलाइएको भए पनि कोशीका हेमन्त भण्डारी, लुम्बिनीका दिनानाथ भट्टराई, मधेशका दिनेश यादव, सुदूरपश्चिमका नरेन्द्र थापा र कर्णालीका कमल बोहरामात्र उपस्थित थिए ।

    कार्यालयको तर्फबाट प्रतिका सिलवाल, कार्यक्रम अधिकृत सरु गोसाईं, शाखा अधिकृत सन्तोष चौहान, आईटी अधिकृत कृष्ण प्याकुरेल, सचिवालय प्रमुख रवि भित्रकोटी सहभागी थिए ।

    त्यसैगरी सो कार्यक्रममा सातवटै प्रदेशका अधिकृतहरु, सहायक कर्मचारीहरु अभिलाषा झा, सोनु भण्डारी, ओजम प्रतिनिधि प्रतिक सत्याल, वाक्स प्रतिनिधि प्रेरणा शाक्य, फिनल्याण्ड दूताबासका कर्मचारी, चन्द्रागिरी, ललितपुर, तारकेश्वर नगरपालिकाका स्काउटका प्रमुख आयुक्त र नेपाल स्काउटका लेखा अधिकृत चुडामणि कार्कीको सहभागिता थियो ।

    फिनल्याण्ड प्रोजेक्टका नाममा आयोजित उक्त कार्यक्रममा कार्कीले सहभागीहरुलाई अनौपचारिक रुपमा आफ्नो पक्षमा भूमिका खेलिदिन हारगुहार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार