Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दीपक खड्काको खड्का ल्याण्ड प्रालिलाई बहाल चुक्ता गर्न स्काउटको ७ दिने अल्टिमेटम


    बिहिबार, कार्तिक २० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्काउटले पूर्व ऊर्जामन्त्री दीपक खड्काको खड्का ल्याण्ड प्रालिलाई ७ दिनभित्र बहाल तिर्न अल्टिमेटम दिएको छ ।

    स्काउटको जग्गा लिजमा लिएर करिब सात करोड रुपैयाँ बक्यौता तिर्न अटेरी गर्दै आएका खड्कालाई ७ दिनभित्र बहाल तिर्न सार्वजनिक सूचना नै जारी गरिएको छ । स्काउटको राष्ट्रिय प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना निकालेर खड्का ल्याण्ड प्रालिलाई उक्त अल्टिमेटम दिएको हो ।

    आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहाल तिर्न अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटले दिएको छ ।

    बुधबार निकालिएको स्काउटको सार्वजनिक सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । तर भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको उल्लेख छ ।

    दिइएको समय ७ दिनभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’

    वर्षौँदेखिको भाडा नपाएको स्काउटले मन्त्री खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिसँग २०८१ असारमा सबैखाले सम्झौता तोडे पनि भाडा विवादका कारण नयाँ ठेक्का प्रक्रिया पनि अगाडि बढाउन सकेको छैन । दीपक खड्काले जरिवानामा छुट माग्दै सम्झौता तोडे पनि बहाल नतिरी अटेर गर्दैआएको छ । यसअघिका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीकै कार्यकालमा उनी जरिवाना र बक्यौता छुट लिन लागेका थिए । त्यही भएर तेजुलाल प्रयोग गरी उनले स्काउटमा भाँडभैलो सृजना गरेका थिए ।

    यस्तो छ नेपाल स्काउटले निकालेको सूचना :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार