काठमाडौं । नेपाल स्काउटका कार्यकारी निर्देशक अर्पण कार्कीले सरकारमाथि थप दबाब बढाउन प्रदेश प्रमुख आयुक्तहरुको भेला बोलाएका छन् ।
सातवटै प्रदेशका प्रमुख आयुक्तहरुको भेला शुक्रबार र शनिबार ककनीमा आयोजना गरिएको छ । फिनल्याण्डको सहयोगमा संचालित परियोजनाको समीक्षा तथा प्रतिवेदनलाई अन्तिम रुप दिने नाममा कार्कीले भेला डाकेका हुन् । उक्त परियोजनाको नाममा कार्यक्रम आयोजना गरिए पनि मूलतः उनले बिभागीय मन्त्री शिक्षा तथा खेलकुद तथा प्रमुख स्काउट सस्मित पोखरेल र मन्त्रालयप्रतिको आफूप्रतिको धारणा परिवर्तन गर्न दबाब दिनु हो ।
मन्त्रालयले नेपाल स्काउटमा देखिएको बेथिति र आर्थिक अनियमितताको बिषयका कारण मन्त्रालय र नेपाल स्काउटबीचको दूरी पछिल्लो समय बढ्दै गएको छ । त्यसमाथि उनकै नियुक्ति बैधानिकता र प्रशासकीय अधिकृत सन्तोष चौहानका बिषयमा मन्त्रालयले छानबिन गर्ने संकेत पाएपछि कार्की अत्तालिएका हुन् । कार्कीको नियुक्तिको बैधानिकताको बिषयमा मन्त्रालयमा उजुरी परेको र तत्कालीन सचिव लोकनाथ पौडेललाई प्रभावमा रोकेको आरोप छ ।
नेपाल स्काउटको अतिथि कक्षसहित चमेनागृह(क्यान्टिन) ककनीमा संचालित छ । सयौं रोपनीमा फैलिएको स्काउटको उक्त आवास गृह र चमेनागृहको करोडौं मासिक आम्दानी हुने गरेको भएता पनि कार्की र चौहान मिलेर अपारदर्शी रुपमा अनियमितता गरेको आरोप छ । मिलेमतोमा उठ्नुपर्ने बक्यौता असुल नगरिएको छ ।
आफ्नै सम्पत्तिको संरक्षण गर्न नसकेको नेपाल स्काउटको कार्यकारी नेतृत्वलाई जोगाउनका लागि प्रदेशका प्रमुख आयुक्तहरु बिहीबार नै विमानबाट काठमाडौंबाट आउँदैछन् । ककनीमा कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारी, मधेस प्रदेशका दिनेश यादव, बागमतीका शिव तोयाना, गण्डकीका सागर पौडेल, लुम्बिनीका दिनानाथ भट्टराई, कर्णालीका कमल बोहरा र सुदूर पश्चिमका नरेन्द्र थापा सहभागी हुनेछन् ।
लुम्बिनी प्रदेशका प्रमुख दिनानाथ भट्टराई निकट स्रोतका अनुसार भेला जुन नाममा आयोजना गरिएको भए पनि कार्यकारी निर्देशक चौहानले आफ्नो पद सुरक्षित गर्नका लागि गुहार माग्न खोजेका हुन् । सातवटै प्रदेशका प्रमुख आयुक्तहरुलाई पत्र र फोनमार्फत् अनिवार्य रुपमा उपस्थित हुन निर्देशक कार्कीले उर्दी जारी गरेका छन् । राष्ट्रिय कार्यसमितिको बिघटन र प्रमुख आयुक्तसमेत नभएको मौका छोपी करोडौंको फिनल्याण्डको प्रोजेक्टमा गरेको अनियमितता छोप्न भेला बोलाएर साक्षीका रुपमा राख्न खोजिएको आरोप कार्की र चौहानमाथि लागेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend