काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषदको बैठकमा भाँडभैलो भएको छ । युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउट परिषदका अध्यक्षसमेत रहेका बब्लु गुप्ताको अध्यक्षतामा सोमबार अपराह्न बसेको बैठक निष्कर्षमा पुग्न नसकी समापन भएको छ ।
मन्त्री गुप्ताले मन्त्रालयकै सभाहलमा परिषद बैठक आह्वान गरेका थिए । अधिकांश सदस्य सहभागी भएको उक्त बैठकमा परिषद अध्यक्षका हैसियतले मन्त्री गुप्ताले राखेको प्रस्तावका अतिरिक्त अन्य सदस्यले थरीथरीका प्रस्ताव राखेपछि बैठक निष्कर्षमा पुग्न नसकी स्थगित भएको हो ।
यसअघिका स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा पदपूर्तिका लागि मन्त्री गुप्ताद्वारा प्रस्तावित सिफारिस समितिमा अन्य सहभागीले सहमति जनाएनन् । एमालेनिकट मानिएका परिषद सदस्यहरुले आफूनिकट ब्यक्तिको सिफारिस गरेका र मन्त्री गुप्ताले पार्टीसँग आवद्ध परिषद सदस्यहरुलाई १ साताभित्रै पद छाड्नुपर्ने प्रस्ताव बैठकमा राखेपछि विवाद बढेको हो ।
बैठकमा सहभागी एक सदस्यका अनुसार नेपाल स्काउटको सदस्य कुनै पनि राजनीतिक दलको सदस्य हुन बन्देज छ । तर एमालेको केही दिनअघि सम्पन्न जिल्ला र प्रदेश तहको अधिवेशनमा भाग लिएकाहरु नै परिषदका सदस्य छन् । नागरिक सरकारका मन्त्री गुप्ताले नेपाल स्काउटलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन प्रस्ताव राख्दा त्यसको काउन्टरस्वरुप दलसँग आवद्ध सदस्यहरु नै सिफारिस समितिमा बस्न खोजेपछि बैठकमा माइन्यूट नै हुन सकेन ।
नेपाल स्काउटको नियमावलीमा परिषदको माइन्यूट अध्यक्ष(मन्त्री) र निर्देशकले अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने प्रावधान छ । तर बैठकको लाइभ प्रशारणमा समावेश नगरिएका एजेन्डा मन्त्री हिंडेपछि केही सदस्यहरुले राखेका थिए । बैठक निष्कर्षमा पुग्न नसकेपछि र नेपाल स्काउटलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउने प्रयास सफल हुन नसक्ने देखेपछि विद्यमान परिषदलाई कायम राखेर मन्त्री गुप्ता सहमत नरहेको बताइएको छ ।
बैठक छाडेर सोमबार साँझ नेपालगंज प्रस्थान गरेका मन्त्री गुप्ताले फर्किएपछि स्काउटको राष्ट्रिय परिषद बिघटन गरी तदर्थ समिति बनाउने तयारी गरेका छन् । एक बर्षभित्र निर्वाचन गर्नका लागि जेनजीको प्रतिनिधित्वसतिको चुस्त तदर्थ समिति गठन गर्ने सोचमा रहेका गुप्ताको योजनालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेलले साथ दिने भएका छन् ।
नेपाल स्काउटको राष्ट्रिय परिषदमा ५६ जना निर्वाचित र पदेन गरी ६२ सदस्यीय हुने ब्यवस्था छ । २०८० मा भएको निर्वाचनबाट आएका सदस्यहरुमध्ये एक दर्जनभन्दा बढी पार्टीको प्रत्यक्षमा राजनीतिमा संलग्न रहेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend