Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले डोजर चलायो


    बिहिबार, कार्तिक २७ २०८२
    865
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको खड्काल्याण्ड प्रालिले निर्माण गरेको लैनचौरस्थित नेपाल स्काउटको जग्गाका संरचनाामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार बिहानै महानगरले खड्काले कब्जा गरी निर्माण गरेका संरचना भत्काएको हो ।

    लामो समयदेखि विवादमा रहेको उक्त जग्गामा पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काले विभिन्न व्यापारिक संरचना निर्माण गरी प्रयोग गर्दै आएको आरोप रहेको थियो ।

    स्काउटले सो जग्गा भाडामा दिएको भए पनि उनले नियत समयदेखि भाडा नतिरेको र जग्गा खाली गर्न पटक–पटक आग्रह गरिएको बताइएको छ ।

    तर चेतावनीपत्रका बावजूद पनि जग्गा खाली नगरेकाले महानगरपालिकाले बिहीबार बिहानै डोजर परिचालन गरी टहरा तथा अस्थायी संरचना भत्काएको हो ।

    स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । खड्काले लिजमा लिएको स्काउटको जग्गाको भाडासमेत करोडौं तिर्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार