काठमाडौं । पूर्वमन्त्री दीपक खड्काको खड्काल्याण्ड प्रालिले निर्माण गरेको लैनचौरस्थित नेपाल स्काउटको जग्गाका संरचनाामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार बिहानै महानगरले खड्काले कब्जा गरी निर्माण गरेका संरचना भत्काएको हो ।
लामो समयदेखि विवादमा रहेको उक्त जग्गामा पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काले विभिन्न व्यापारिक संरचना निर्माण गरी प्रयोग गर्दै आएको आरोप रहेको थियो ।
स्काउटले सो जग्गा भाडामा दिएको भए पनि उनले नियत समयदेखि भाडा नतिरेको र जग्गा खाली गर्न पटक–पटक आग्रह गरिएको बताइएको छ ।
तर चेतावनीपत्रका बावजूद पनि जग्गा खाली नगरेकाले महानगरपालिकाले बिहीबार बिहानै डोजर परिचालन गरी टहरा तथा अस्थायी संरचना भत्काएको हो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । खड्काले लिजमा लिएको स्काउटको जग्गाको भाडासमेत करोडौं तिर्न बाँकी छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend