ऐन महर र सुनिता बराल
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भातृसंगठनको नेतृत्व पुनर्गठन गर्ने क्रम युवासंघबाट सुरु गरेका छन् । अब अनेरास्ववियुमा पनि नेतृत्व परिवर्तन गर्ने तयारीमा अध्यक्ष ओली छन् । युवासंघपछि अखिलमा पनि नेतृत्व फेरबदल गर्न लागिएको छ । अखिलका अध्यक्ष ऐन महरलाई बिदा गरी सुनिता बराललाई ल्याउने तयारी भइरहेको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महरलाई तीन बर्षसम्म अध्यक्ष भइसकेकाले अब अरुलाई पालो दिन निर्देशन दिइसकेका छन् ।
एमाले–माओवादी एकताअघि अनेरास्ववियुको उपाध्यक्षका रुपमा रश्मि आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल थिए । यी सबै अहिले ओलीकै समूहमा छन् । तर यीमध्येबाट प्रधानमन्त्री ओलीले बराललाई अध्यक्ष बनाउने गरी महरलाई बिदा दिन लागेका छन् । बराल मोरङकी हुन् । एमाले–माओवादी केन्द्र एक हुनुअघि अखिलको अध्यक्ष नवीना लामा थिइन् ।
अध्यक्ष महरले विद्यार्थी इन्चार्ज विनोद ढकालसँग समन्वय गर्न नसकेको गुनासो पनि अध्यक्ष ओलीकोमा धेरै पटक पुगिसकेको छ । बाँकेको अखिलमा महरले गठन गरेको कमिटीलाई पार्टीको जिल्ला कमिटीका अध्यक्ष सूर्य ढकालले बिघटन गरिदिएका छन् ।
२०७६ जेठ २ मा तत्कालीन नेकपाले अनेरास्ववियुमा ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकेको थियो । तर एकताको ३ बर्षमै एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् भने भातृसंगठन पनि अलग अलग बनिसकेका छन् । एमालेनिकट अखिलमा पनि सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी घोषणा भइसकेको छ ।
गएको पुस ५ मा प्रतिनिधिसभा बिघटनपछि तत्कालीन नेकपाको ओली समूहले युवासंघको अध्यक्ष बचनबहादुर सिंहलाई बनाएको थियो । युवासंघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’माओवादी केन्द्र निकट भएकाले युवासंघमा बचनबहादुर सिंहलाई अध्यक्ष बनाइएको थियो । एमाले–माओवादी केन्द्र एक हुनुअघि युवासंघमा रमेश पौडेल अध्यक्ष थिए ।
सर्वोच्च अदालतले गएको फागुन २३ मा नेकपा ९एमाले० र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीमा माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि एमालेभित्र समानान्तर भेलाहरु भइरहेका छन् । अखिल नेपाल महिला संघ, युवासंघ र अखिलको भेलाले नयाँ नेतृत्व चयन गरिसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend