काठमाडौं । प्रदेश नम्बर १ को सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले सपथ लिएका छन् । मुख्यमन्त्री शेरधन राईले आज ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्र छाडेका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ । माधव नेपालको कित्ता छाडेकी उषाकला राईलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरिएको छ ।
त्यसैगरी, राम रानालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ ।
त्यस्तै, कृषि राज्यमन्त्री कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ प्यासी र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले आजै सपथ गराएका छन् ।
सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् । आङबोहाङ माओवादी केन्द्रबाट ताप्लेजुङका प्रदेश सभा सांसद हुन् । उनी केही दिनअघिमात्र एमालेमा प्रवेश गरेका हु्न् । घले र ओझा माधव माधव नेपाल समूह छाडेर मुख्यमन्त्री राईको पक्षमा खुलेबापत पुरस्कृत भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend