Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • जसपाकाे मागप्रति प्रधानमन्त्री सकारात्मक


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्य्क्ष महन्थ ठाकुरले आफूहरूको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।

    शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरू जिल्ला अदालत, कुनै उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधीवक्ताको कार्यालयसँग राय मागिएको बताए। 

    उनले प्रधानमन्त्री ओली आफूहरूको मागलाई गम्भीरतापूर्वक लिएको तथा तीमध्ये कतिपय माग सम्बोधनबारे गृह कार्य समेत अगाडि बढाइएको दाबी गरे।

    ‘प्रधानमन्त्रीसँग पटक/पटक भएको वार्ता सकारात्मक रह्यो,’ अध्यक्ष ठाकुरले भने, ‘वार्ताको क्रममा विभिन्न मागबारे भएको सहमतिको सम्बोधन हुनेमा हामी विश्वस्त छौं।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार