Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ओलीको नौटङ्की : रेशम चौधरीलाई जेल हाल्ने पनि आफैँ मुक्त गर्न खोज्ने पनि आफैँ’ : खगेन्द्र संग्रौला


    शुक्रबार, चैत्र १३ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले रेशम चौधरी रिहाईलगायत मधेसका मुद्दाहरुलाई लिएर गरेको प्रदर्शनमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापाप्रति आपत्ति जनाएका छन्। 
    बिहीबार राजधानीको माइतीघरमा थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा गृहमन्त्री थापा आफै उपस्थित भएर वार्ताका लागि तयार हुन आदेश दिएका थिए। 

    यसैबीच लेखक संग्रौलाले रेशम चौधरीलाई जेलमा हाल्ने पनि ओली सरकार र थुनामुक्त गर्नेपनि ओली सरकार भनेर नौटंकीको संज्ञा दिएका छन्। 

    सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका महन्थ गुटलाई ललाई फकाई आफ्नो सरकारको आयु लामो बनाउन लागि परेको बताएका छन्। 

    उनले लेखेका छन्,  ‘ओली सरका अर्दलीतुल्य गृहमन्त्री रामबहादुर थापा बादल विधिवत् निर्वाचित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने नौटङ्की रच्दै जसपाको महन्थ गुटलाई ललाई-फकाई,लोभ्याई-झुकाई ओलीतन्त्रको आयु र आफ्नो जागिर लम्ब्याउन नाङ्गै सडकमा! थुन्ने आफैँ, थुनामुक्त गर्न सडकमा कुर्लिने आफैँ ! हैट,नकटा !

     

    khaggendra6.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार