काठमाडौं । जेनजी आन्दोलनपछि गठित नागरिक सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सबै मन्त्रीहरुको स्वकीय सचिवालय सिंहदरबारमा राख्न नपाउने निर्णय गरे । सो निर्णयको चौतर्फी समर्थन पनि भयो । तर जेनजीकै जगमा निर्वाचनमा दुईतिहाई मत प्राप्त गरी गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले धमाधम सिंहदरबारस्थित मन्त्रालयमा स्वकीय सचिवालयको कार्यकक्ष राखेर द्वैध शासन संचालन गर्दैआएका छन् ।
निजी सचिवालयमा राखिएका सरकारी कर्मचारी भूमिकाबिहीन जस्तै देखिएका छन् । सम्पूर्ण शासन संचालन मन्त्रीले राखेका स्वकीय सचिवहरुबाट हुँदैआएको छ । विज्ञान प्रविधि तथा नवप्रबर्तन मन्त्री महावीर पुनबाहेक सबै मन्त्रीले सिंहदरबारभित्रै स्वकीय सचिवालय राखेर यसअघिको सरकारले सुशासन कायम गर्नका लागि गरिएको लोकप्रिय निर्णयलाई धज्जी उडाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव लगायतले स्वकीय सचिवालयमा रहने कर्मचारीहरुको नेमप्लेटसहित कार्यकक्ष राखेर तिनैबाट शासन गर्दैआएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले बिगतमा माठमाडौं महानगरमा ‘विज्ञ’ का रुपमा राखिएका सबैलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा राखेका छन् । करिब १ दर्जन हाराहारीको जम्बो स्वकीय सचिवालय शाहकै रहेको छ । स्वकीय सचिवालय मार्फत् शासन गर्दैआएका प्रधानमन्त्रीदेखि निजी सचिवालयमा राखिएका कर्मचारीहरुलाई औपचारिकतामा मात्र सीमित गरेका छन् । हस्ताक्षर गर्नमात्र उनीहरुको प्रयोग हुँदैआएको छ । सम्पूर्ण सरुवा, बढुवा, ठेक्कापट्टाका काम सबै स्वकीय सचिवालयबाट हुँदैआएको छ ।
शासनको वकालत गरेर नथाक्ने र अरुलाई बिचौलिया देखेर कारबाहीको डन्डा बर्षाउने वालेन्द्र नेतृत्वको सरकारले कानुनबिपरीत मन्त्रालयमै स्वकीय सचिवको कार्यकक्ष राख्न दिएर भ्रष्टाचार कसरी नियन्त्रण गर्न खोजेको हो भन्ने प्रश्न उठेको छ । जबकि स्वकीय सचिव प्रधानमन्त्री र मन्त्रीले निवासमा मात्र राख्न पाउँछन् ।
मन्त्रालयमा उनीहरुलाई ल्याउन मिल्दैन । सुशासनकै बर्खिलाप बिगतकै सरकारले जस्तै प्रधानमन्त्री वालेन्द्र शाह र उनको सरकारका मन्त्रीहरुले स्वकीय सचिवालयलाई हावी गराएका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend