रोल्पा, १९ बैशाख ।रोल्पा भएको बम बिस्फोटबारे अनुसन्धान माग गरेको छ । बिहीबार रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न काङ्ग्रेसले माग गरेको हो ।
बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनाले मर्माहत भएको भन्दै कांग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना देखिनु अत्यन्तै दुखद र गम्भीर भएको बताएको छ ।
नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु प्रवक्ता विवप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।