Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करोडौं भ्रष्टाचारमा मुछिएका रामरतन साहलाई केयुकेएलको सीईओ बनाउने तयारी


    बिहिबार, जेष्ठ ७ २०८३
    1.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को कार्यकारी प्रमुख (सीईओ) मा विवादित पात्र रामरतन साहलाई नियुक्ति गर्न लागिएको छ । अनेक भ्रष्टाचार काण्डमा मुछिएका साहलाई केयुकेएलको सीईओ बनाउन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्ताव लाँदैछिन् ।

    डंगोलमाथि विवादित साहलाई सीईओ बनाउनका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालदेखि प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारहरुको चर्को दबाब परेको बताइएको छ ।

    २०८२ साउनमा काठमाडौं महानगरपालिका खरिद इकाई प्रमुख हुँदा रामरतन साहले खरिद प्रक्रियामा एकलौटी गर्ने निर्णय गरेको भन्दै कर्मचारीहरुले बिरोध गरेका थिए । खरिद प्रमुख साहले हरेक भुक्तानीमा दररेट तोक्दै घुस माग्ने गरेको आरोप लागेको थियो । साहको अनियमितताले चरम सीमा नाघेपछि उनले गरेका निर्णयमा सहभागी नहुने भन्दै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र नै बुझाएका थिए ।

    साहले कार्यालय सहयोगीका नाममा रकम बुझ्ने गरेको, उनको घुसखोर प्रबृत्तिले गर्दा जुनसुकैबेला कर्मचारी फस्ने भन्दै खरिद शाखाका कर्मचारीहरुले बिरोध गरेका थिए ।

    साहले गरेका भ्रष्टाचारका केही उदाहरण

    महानगरको खरिद एकाई प्रमुख हुँदा साहले विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा करोडौंंको सूचना प्रविधिको प्याकेज खरिद गरेका बिषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

    सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर खरिद ईकाइका प्रमुख शाहले भ्रष्टाचार गरेका थिए । मेयरको क्वाटर र सचिवालय मर्मत गर्दा १ करोडको काम १० टुक्रा गरी विनाटेन्डर कोटेसनमा काम दिएर भ्रष्टाचार गरिएको बिषयमा पनि उजुरी परेको थियो ।

    त्यसैगरी महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा मिलेमतोमा विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा गरिएको थियो । करोडौँको सामग्री खरिद गर्ने गरेको सफ्टवेयर खरिदमा चरम अनिययिमतता गरिएको थियो ।

    खरिद इकाइकै कारण पछिल्लो समय विद्यालयका लागि खरिद गरेको करिब ५ सय स्मार्ट बोर्ड पदमोदय माबिमा ताला लगाएर राखिएको छ । डिजिटल बोर्डको प्रतिस्क्वायर फिटमा ५ सयका दरले कमिसनको सेटिङमा समेत साह मुछिएका थिए ।

    ललितपुर महानगरमा अनियमिततामा विवादित र जिम्मेवारीबिहीन रामरतन साहलाई खरिद एकाई प्रमुख बनाएर सेटिङकै लागि काठमाडौं महानगरमा ल्याइएको थियो ।
    साह टेण्डरमा चलखेल गर्ने कार्यमा निपूर्ण भएकाले उनीहरुलाई ल्याएर काठमाडौंका बिभिन्न ठाउँमा रंगीन ब्लक(टायल) छाप्ने ठेक्कामा समेत सेटिङ गरिएको थियो ।

    मधेश प्रदेशको बारा र पर्सामा दर्ता भएको कम्पनीसँग साहले सेटिङ गरी सोही कम्पनीको ब्लक खरिद गर्नेगरी क्राइटेरिया बनाई प्रतिस्पर्धालाई सीमित गरी ठेक्का दिइएको थियो । महानगरपालिकाले फुटपाथ सुधार परियोजनामा करिब २ अर्ब रुपैयाँ खर्च गर्ने बनाएको छ । जसका लागि महानगरले रंगीन ब्लक खरिद गर्दा भएको सेटिङका बारेमा छानबिन गरेपछि ठेकेदार छटपटीमा परेका थिए ।

    एसियन कंक्रिटोले उत्पादन गरेका ती ब्लकको गुणस्तरमा समेत प्रश्न उठेको थियो । महानगरकै सहरी विकास बिभागले गरेको अनुगमनका क्रममा ब्लक गुणस्तरीय नभएको भनिसकेको छ । २ अर्ब रुपैयाँ बराबरको रंगीन ब्लक फुटपाथमा प्रयोग गर्ने क्रममा २५ करोडको सेटिङ गरेको आरोप खरिद एकाई प्रमुख साहमाथि लाग्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार