Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्बिधान संशोधन एजेन्डा: जसपाको सत्तामा जाने भर्याङ, ओलीसँग माग्यो १० मन्त्रालय


    मंगलबार, चैत्र १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सम्बिधान संशोधनको एजेन्डा जनता समाजवादी पार्टी, नेपालको सत्तामा जाने भर्याङ बनेको छ ।

    जसपा माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएसँगै जसपालाई सत्तामा जाने बाटो खुकुलो भएको हो ।

    फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् । 

    आजमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको उच्च स्रोतले जानाकारी दिएको छ । स्रोतकाअनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

    पछिल्लो समय सरकारमा जाने कि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै  अभिव्यक्ति दिएका छन् । यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् ।

    तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दश वटा मन्त्रालय दिन माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ । 



    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार