Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित महिलामा छैटौं पटकको रिपोर्ट पनि पोजेटिभ


    शुक्रबार, बैशाख १९ २०७७
    565
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, १९ बैशाख  । धनगढीकी कोरोना संक्रमित ३४ वर्षको महिलामा छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ देखिएको छ । उनको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

    अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् ।उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो । दुबईबाट आएका आफन्तबाट उनीमा कोरोना सरेको हो ।

    उनका आफन्त भने निको भएर घर फर्किसकेका छन् । महिलामा कोरोना सरेपछि सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रबेश गरेको घोषणा गरेको थियो ।

    संक्रमित महिलाको ६ पटकसम्म रिर्पाेट पोजेटिभ आए पनि स्वास्थ्य सामान्य रहेको उपचारमा खटिएका बरिष्ठ फिजिसियन डा.डाक्टर शेरबहादुर कमरले बताए ।सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका थिए । उनीहरु मध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार