Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश


    शुक्रबार, बैशाख १८ २०८३
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थप एक अध्यादेश जारी गर्नको लागि पठाएको छ।

    सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको हो ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए।

    सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

    अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार