Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका राई बल्खु खोलामा मृत फेला


    शुक्रबार, बैशाख १८ २०८३
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बल्खुको सुकुम्वासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन्

    राइकी पत्नी सरिता राईले बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किएको र अहिले मृत अवस्थामा भेटिएको बताइन् । स्थानीयका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।

    उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार