काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अध्यादेश जारी गर्ने अभ्यास तथा संवैधानिक परिषद्सम्बन्धी कानुनी प्रबन्धमा परिवर्तन गर्दा संविधान निर्माणका क्रममा तय गरिएका सिद्धान्त, बहस र वर्तमान संसदीय शासन प्रणालीको आधारभूत मर्मलाई ध्यान दिनुपर्ने बताएका छन्।
उनले शीघ्र निर्णयको नाममा स्थापित विधि, प्रक्रिया, संस्थागत मान्यता र कानुनी प्रणालीलाई बेवास्ता गरिने प्रवृत्ति दीर्घकालीन रूपमा प्रतिकूल परिणाम दिने टिप्पणी गरेका छन्।
रावलका अनुसार संवैधानिक परिषद्सम्बन्धी व्यवस्था मूलतः संवैधानिक निकायहरूमा नियुक्ति गर्दा निष्पक्षता कायम गर्ने, एकपक्षीय स्वार्थ हाबी हुन नदिने तथा अनावश्यक प्रभावबाट निर्णय प्रक्रिया जोगाउने उद्देश्यले निर्माण गरिएको थियो।
त्यस्तै, संसद् बैठक नरहेको अवस्थामा राष्ट्र र जनताको हितमा तत्काल निर्णय आवश्यक परे मात्र अध्यादेशको व्यवस्था गरिएको उनको भनाइ छ।
उनले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी प्रबन्धसहित विभिन्न कानुन संशोधन गर्न खोज्दा राजनीतिक दलभित्र र बाहिर व्यापक विरोध भएको स्मरण गराएका छन्।
रावलले हाल संसदमा झण्डै दुईतिहाइ समर्थन प्राप्त सरकारले समेत विगतकै शैली दोहोर्याएको आरोप लगाएका छन्। उनका अनुसार कामको तीव्रता देखाउने तर्क प्रस्तुत गरिए पनि संसद् बैठक बोलाएर पुनः अचानक स्थगन गर्ने कदमसँग त्यो दाबी मेल खाँदैन।
उनले यदि कानुनी व्यवस्था निरन्तर अध्यादेशमार्फत नै अघि बढाइने हो भने निर्वाचनमार्फत प्रतिनिधि चयन गर्ने संसदीय प्रक्रियाको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका छन्।
रावलले संसद् जनप्रतिनिधिहरूले छलफल, विचार(विमर्श र सार्वजनिक बहसपछि परिपक्व रूपमा कानुन निर्माण गर्ने थलो भएकाले त्यस्तो प्रक्रियाबाट देशहितविपरीत वा स्वार्थप्रेरित व्यवस्था आउन लागे नागरिकले प्रश्न उठाउने अवसर पाउनुपर्ने धारणा राखेका छन्।
उनका अनुसार सार्वजनिक निगरानीको सम्भावना सीमित पारेर निरन्तर अध्यादेशका आधारमा शासन सञ्चालन गर्ने प्रयास संविधान निर्माणका क्रममा स्थापित मान्यता र विद्यमान संसदीय व्यवस्थाको भावना विपरीत हुनेछ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend