काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीविना जीवनको अस्तित्व असम्भव रहेको धारणा व्यक्त गरेकी छिन्।
आज विश्व पानी दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले वृक्षारोपण, भू–संरक्षण, सिमसारहरूको सुरक्षा, नदी, ताल, पोखरी र कुवाको संरक्षणका साथै जमीनको पानी पुनर्भरण, पानीको मितव्ययी प्रयोग गर्नु पर्नेमा जोड दिएकी छिन्।
सामाजिक सञ्जालमार्फत् उनले पानीका स्रोतहरुको दिगो संरक्षण र व्यवस्थापन गर्न आग्रह समेत गरेकी छिन्।
उनले लेखेकी छिन्, ‘पानीविना जीवनको अस्तित्व असम्भव छ। वृक्षारोपण, भू–संरक्षण, सिमसारहरूको सुरक्षा, नदी, ताल, पोखरी र कुवाको संरक्षणका साथै जमीनको पानी पुनर्भरण, पानीको मितव्ययी प्रयोग गरी पानीका स्रोतहरूको दिगो संरक्षण र व्यवस्थापन गर्न विश्व पानी दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।’