Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु


    शुक्रबार, बैशाख १९ २०७७
    900
    Shares
  • १ मिनेट पाठ
  • अछाम, १९ बैसाख । जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएका एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

    उनलाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाइरसको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ । पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए । अन्नपूर्ण पोष्टबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार