काठमाडौं । अमेरिका–इरान युद्धबिराम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिसक्दा पनि नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।
यसैसाता सरकारले पेट्रोलियम पदार्थमा लाग्दैआएको कर ५० प्रतिशत घटाउँदा पनि निगमले पेट्रोलदेखि खाना पकाउने एलपीजी ग्याँसको समेत भाउबृद्धि गरी उपभोक्तामाथि महंगीको भार थोपर्ने काम गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो । निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।
निगमले शुक्रबारदेखि लागू हुनेगरी बृद्धि गरेको नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २ सय १९ रुपैयाँ, डिजेल र मट्टितेल २ सय ७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
यस्तो छ नयाँ मूल्यसूची

भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend