Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाने


    बिहिबार, चैत्र २६ २०८२
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा आज मौरिसस प्रस्थान गर्न लागेका छन् ।

    उनी मौरिससमा आयोजना हुने इन्डियन ओसियन कन्फ्रेन्सको नवौँ संस्करणमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । सम्मेलन चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

    भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।
    नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार