Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथको दर्शन


    शुक्रबार, पुष २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले आज पशुपतिनाथको दर्शन गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका उनले आज बिहान पशुपतिनाथकाे दर्शन गरेका हुन् ।

    सोही क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरेका छन् । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए ।

    जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार