Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : बालकृष्ण खाँण


    शुक्रबार, चैत्र ६ २०७७
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद वैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

    खाँडले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर संसद पुनर्स्थापना भइसकेपछि अब  प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

    उनले सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा कडा आपत्ति जनाएका छन् । कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना गरे । उनले सरकार संविधानकै जगमा उभिएको भन्दै  ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार भइरहेको  समेत बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार