काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा अमरेशकुमार सिंहले अस्वीकार गरेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा लिमा अधिकारीलाई नियुक्ति गर्न लागिएको छ ।
रास्वपा सम्बद्ध स्रोतका अनुसार रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी अधिकारीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने कुुरामा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सहमति भइसकेको छ ।
ठूलो बुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।
एमाले विभाजन भएपछि लिमा नेकपा (एकीकृत समाजवादी)मा लागेकी थिइन् । लिमा २०७९ मंसिर ४ को चुनावमा एकीकृत समाजवादीबाट खस–आर्य महिलातर्फ समानुपातिक उम्मेदवार थिइन् । समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । उनी समाजसेवी तथा ब्यवसायी हुन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend