Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विरोधका लागि मास्क लगाएर हिँड्न थाले : प्रधानमन्त्री ओली


    शुक्रबार, असार २० २०७६
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २० असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा माक्स लगाउन नपर्ने आफनो अभिव्यक्तिको बचाउ गरेका छन् । 

    समाजवादी पार्टीका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई शुक्रबार पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंको बाटोमा सुधार आएको तर पनि विरोध गर्न केहीले माक्स लगाएर हिँडन थालेको दाबी गरे। 

     ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीको दावी थियो, ‘माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि माक्स लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिँदैन।’

    सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता जनाएका छन्। 

     प्रधानमन्त्रीले काठमाडौंको सडकमा मास्क लगाएर हिँड्नेको संख्या काम भएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको समाजिक संजालमा विरोध भएको थियो। 

    प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै चुनाव हारेरको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने बताए। उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निस्तेज पारेर अघि बढन सरकार सक्षम रहेको बताए। 

    फरक प्रसंगमा प्रधानमन्त्री ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरे। प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने भन्दै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता व्यक्त गरे। ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार