काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जनता तथा साम्सद डा. सुरेन्द्र यादवले आफुलाइ अपहरण गरेको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
डा. यादवले बुधबार आयोगमा गई सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।
उनले अपहरण भएको भए मानव अधिकारको उल्लंघन हुने र मानव अधिकार पुनस्थापना गर्न आफू बोल्ने बताए ।
महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरु ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुबै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरु ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुबै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।