Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • आफ्नै श्रीमतीको खुट्टा काट्ने सहनी पक्राउ


    आइतबार, चैत्र १५ २०८२
    700
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगञ्ज । धारिलो हतियार दाउले श्रीमतीको खुट्टा काट्ने पर्सागढी नगरपालिकाका वडा नं. ३ बिरुवा टोल बस्ने ३० बर्षीय विश्वनाथ सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई सोमबार पर्सागढी नगरपालिकाका वडा नं. ३ बिरुवा टोलबाटै पक्राउ गरेको छ । सहनीले गएको चैत १ गते आफ्नै श्रीमती २५ बर्षीय हरिकलादेवी सहनीलाई घरायसी वादविवादका कारण योजना बनाई क्रुर अमानवीय तवरले दाउ प्रहार गरी श्रीमतीको बाँया खुट्टा काटी गम्भीर घाइते बनाई फरार भएका थिए ।

    उनी फरार भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा स्थानीयहरूको सहयोगमा तत्कालै घाइतेलाई उपचारका लागि एल.एस.न्यूरो एण्ड
    जेनेरल हस्पिटल प्रालि परवानीपुर बारामा पठाइएको थियो ।

    सो घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा वारदात पश्चात् फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी बडनिहारबाट खटिएको संयुक्त टोलीले सहनीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार