बीरगञ्ज । धारिलो हतियार दाउले श्रीमतीको खुट्टा काट्ने पर्सागढी नगरपालिकाका वडा नं. ३ बिरुवा टोल बस्ने ३० बर्षीय विश्वनाथ सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार पर्सागढी नगरपालिकाका वडा नं. ३ बिरुवा टोलबाटै पक्राउ गरेको छ । सहनीले गएको चैत १ गते आफ्नै श्रीमती २५ बर्षीय हरिकलादेवी सहनीलाई घरायसी वादविवादका कारण योजना बनाई क्रुर अमानवीय तवरले दाउ प्रहार गरी श्रीमतीको बाँया खुट्टा काटी गम्भीर घाइते बनाई फरार भएका थिए ।
उनी फरार भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा स्थानीयहरूको सहयोगमा तत्कालै घाइतेलाई उपचारका लागि एल.एस.न्यूरो एण्ड
जेनेरल हस्पिटल प्रालि परवानीपुर बारामा पठाइएको थियो ।
सो घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा वारदात पश्चात् फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी बडनिहारबाट खटिएको संयुक्त टोलीले सहनीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जनाएका छन् ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend