काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीमबहादुर रावलले सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको कार्यान्वयनमा सकारात्मक प्रतिक्रिया दिँदै राष्ट्रियता जस्तो संवेदनशील विषयमा मौनता देखिएको बताएका छन् ।
सामाजिक सञ्जालमा रावलले आफ्नो धारण राख्दै रावलले लेखेका छन्–सरकारले जारी गरेको कार्यसूची अभिरुचिका साथ पढियो । कार्यान्वयन भएमा धेरैजसो विषयहरू राम्रा छन् । तर विगतमा अत्यन्त चर्चित र संवेदनशील विषयमा सरकार किन नबोलेको होला भन्ने प्रश्न उठ्छ ।
उनले नेपालको राष्ट्रिय सुरक्षा नीति, सीमा सुरक्षा, संविधानको धारा ५१ (ड) अनुसारको असमान सन्धि सम्झौताको पुनरावलोकन, माथिल्लो कर्णाली जलविद्युत आयोजना र जलस्रोत व्यवस्थासम्बन्धी सरकारको मौनता औँल्याएका छन् ।
त्यसैगरी रावलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सुरक्षा जाँच चौकी, विषादियुक्त खाद्यान्न तथा तरकारी–फलफुल परीक्षण, तरकारी र फलफुलको परीक्षण र नियन्त्रण, कृषिमा पुनः उत्पादन हुने बिउको आयात र बिगबिगी, विदेशी सवारी साधनको अनियन्त्रित आवागमन, इम्बोस्ड नम्बरमा नेपाली भाषाको प्रयोगमा रोकजस्ता संवेदनशील विषयमा पनि सरकारले कदम नचालेको टिप्पणी गरेका छन् ।
साथै उनले शिक्षा क्षेत्रमा अनियन्त्रित शुल्क, कालोबजारी, तस्करी, मूल्यबृद्धि र नेपाल कानून तथा कूटनीतिक मर्यादाविपरीतका गतिविधि पनि जारी रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend