Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लिपुलेकमा नेपालको हित, स्वाधीनता र अखण्डताको रक्षातर्फ सरकार केन्द्रित होस्ः भीम रावल


    बिहिबार, भाद्र ५ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने भारत र चीनबीच भएको सहमतिको सर्वत्र बिरोध भइरहेको छ ।

    मातृभूमि जागरण अभियानका अध्यक्ष तथा पूर्वगृहमन्त्री भीमबहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो ।

    लिपुलेक क्षेत्रबाट व्यापार सञ्चालन गर्ने भनी भारत र चीनले पुनः सहमति गरेको कुरा बाहिर आएको छ । कूटनीतिलाई समेत स्वार्थ साधनाको माध्यम बनाउने खेलको अन्त्य गरी नेपालको हित, स्वाधीनता र अखण्डताको रक्षातर्फ सरकार केन्द्रित होस् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार