Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • भीम रावलको निर्वाचन खर्च करिब १२ लाख, बुझाए विवरण


    सोमबार, फाल्गुन २५ २०८२
    685
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीमबहादुर रावलले चुनावमा लागेको खर्चको विवरण निर्वाचन कार्यालय अछाममा बुझाएका छन् ।

    अछाम जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवार भई झिनो मतान्तरमा पराजी भएका रावलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण पेश गरेको उल्लेख गरेका छन् । रावलले जम्मा ११ लाख ९९ हजार ६ सय २७ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

    निर्वाचन अभियान संचालनमा प्रयोग भएको गाडी भाडा र इन्धन, ५ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ, निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापनको लागि ६३ हजार ७ सय ४५ रुपैयाँ, व्यवस्थापन सामाग्रीअन्तर्गत झण्डा झण्डा सिलाएको १ हजार ९ सय ५० रुपैयाँ, निर्वाचनसँग सम्बन्धित व्यानर, प्रतिवद्धता पत्रमा २३ हजार ७ सय ६३ रुपैयाँ, निर्वाचनसँग सम्बन्धित स्टेशनरी खरिदमा ३८ हजार ६ सय ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

    त्यसैगरी, साउन्ड बक्स माईक्रफोन, व्याट्री तथा अन्य आवश्यक सामाग्रीका लागि १४ हजार ४ सय २५ रुपैयाँ, निर्वाचन अभियानमा खाना, खाजा तथा आवास खर्चबापत २ लाख ५९ हजार ४ सय ७५ रुपैयाँ गरी ११ लाख ९९ हजार ६ सय २७ रुपैयाँ खर्च भएको रावलले बुझाएको खर्च विवरणमा उल्लेख छ ।

    यस्तो छ रावलको निर्वाचन खर्च

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार