काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता भीमबहादुर रावलले चुनावमा लागेको खर्चको विवरण निर्वाचन कार्यालय अछाममा बुझाएका छन् ।
अछाम जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवार भई झिनो मतान्तरमा पराजी भएका रावलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण पेश गरेको उल्लेख गरेका छन् । रावलले जम्मा ११ लाख ९९ हजार ६ सय २७ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।
निर्वाचन अभियान संचालनमा प्रयोग भएको गाडी भाडा र इन्धन, ५ लाख ८३ हजार ७ सय ५२ रुपैयाँ, निर्वाचन सम्पर्क कार्यालय व्यवस्थापनको लागि ६३ हजार ७ सय ४५ रुपैयाँ, व्यवस्थापन सामाग्रीअन्तर्गत झण्डा झण्डा सिलाएको १ हजार ९ सय ५० रुपैयाँ, निर्वाचनसँग सम्बन्धित व्यानर, प्रतिवद्धता पत्रमा २३ हजार ७ सय ६३ रुपैयाँ, निर्वाचनसँग सम्बन्धित स्टेशनरी खरिदमा ३८ हजार ६ सय ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी, साउन्ड बक्स माईक्रफोन, व्याट्री तथा अन्य आवश्यक सामाग्रीका लागि १४ हजार ४ सय २५ रुपैयाँ, निर्वाचन अभियानमा खाना, खाजा तथा आवास खर्चबापत २ लाख ५९ हजार ४ सय ७५ रुपैयाँ गरी ११ लाख ९९ हजार ६ सय २७ रुपैयाँ खर्च भएको रावलले बुझाएको खर्च विवरणमा उल्लेख छ ।
यस्तो छ रावलको निर्वाचन खर्च

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend