Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्षमाथि कुटपिट, ५ जना पक्राउ


    बिहिबार, बैशाख १८ २०७७
    750
    Shares
  • १ मिनेट पाठ
  • कोहलपुर , १८ बैशाख ।कोहलपुरमा  वडाध्यक्षमाथि कुटपिट भएको छ । बिहीवार कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानै रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो ।

    मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको हो ।बुधबार साँझ वडाको बैठक सकेर फर्किने बेला युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका अध्यक्षमाथि कुटपिट भएको गाउँपालिका अध्यक्ष खड्ग सेजुवालले बताए ।

    वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार