Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आगो निभाउन ५ वटा दमकल परिचालन


    बुधबार, चैत्र ११ २०८२
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ ।

    इटहरी उपमहानगरपालिका ६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।

    आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।

    अत्यधिक भिडभाड हुने क्षेत्रमा रहेको क्याफेमा सल्किएको आगो निभाउनका लागि अहिले धरान, इनरुवा, इटहरी लगायत विभिन्न स्थानबाट पुगेका ५ वटा दमकलले आगो निभाइरहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आगलागी नियन्त्रण गर्ने प्रयास अहिले पनि जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार