काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रवार बालेन शाहले प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही दिन शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
जिम्मेवारी छाड्न केही दिन मात्र बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा जिम्मेवारी छाडिसकेकी छिन् ।
उनले कार्यालय नआउने जानकारी गराउँदै अनौपचारिक रूपमा बिदाबारी लिएकी जनाइएको छ । कर्मचारीहरूले बिदाइ कार्यक्रम गर्न प्रस्ताव गरेको भए पनि उनले आफूलाई बिदाइ गर्नु नपर्ने बताएकी हुन् ।
कार्की सिंहदरबारको प्रधानमन्त्री कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका व्यक्तिगत सामानसमेत सचिवालयका कर्मचारीले टोखास्थित निजी निवासमा सारिसकेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट पनि कार्की परिवारले आफ्ना सबै सामान टोखा सारिसकेको छ । टोखास्थित निजी निवासमा पूर्वप्रधानमन्त्रीका हैसियतले थप सुरक्षा व्यवस्था मिलाउन संरचना निर्माणको काम भइरहेको छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend